नाम्ची: नाम्ची पब्लिक स्कूल खेल मैदानमा दोस्रो जिल्लास्तरीय एथलेटिक्स मीट २०२५ को आयोजना गरियो। नाम्ची जिल्ला एथलेटिक्स एसोसिएशनको पहलमा आयोजित कार्यक्रम सन फार्मा लेब्रोटोरिज लिमिटिड, सिक्किम एथलेटिक्स एसोसिएशन र स्टार्स अफ् हवको संयुक्त पहलमा आयोजना गरिएको हो। यस अवसरमा नाम्ची जिल्लाका विभिन्न विद्यालयबाट कूल ४२५ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए। उक्त प्रतियोगितालाई विभिन्न श्रेणीमा विभाजन गरिएको थियो। यस कार्यक्रमको पर्यवेक्षण खेलकूद एवम युवा मामिला विभागका उपनिर्देशक बसन्त प्रधानले गरेका थिए। राज्यका सबै जिल्लामा आयोजित उक्त कार्यक्रम नशामुक्त भारत अभियानको व्यानरमा भइरहेको छ।