सामसन तामाङ प्रकरणः बजगाई र राईले मिडियामा होइन अदालतमा प्रमाणित गर्ने प्रवक्ता बस्नेतको चुनौती

IMG-20250221-WA0290

गान्तोक: सामसन तामाङले दिएको बयानविरूद्ध उत्पन्न गतिरोधबारे बोल्दै सत्तरूढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका प्रवक्ता विकास बस्नेतले कुनै न कुनै रूपमा खरसाङका विधायक बीपी बजगाईं र सिटिजन एक्सन पार्टी (क्याप) अध्यक्ष यस मुद्दामा संलग्न रहेको आशंका गरेका छन्। बस्नेतले उक्त दुवै नेताले सीबीआईको माग गरिरहेको विषयलाई स्पष्ट पार्दै सीबीआई जाँचको प्रकिया र दायरा भिन्नै रहेको हुनाले यसको सत्यलाई दबाउने प्रयास गर्दै आफूहरूलाई दोष लाग्ने मुद्दाबाट पन्सिन खोजेको आरोप लगाए। आफूहरूलाई दोष लागेपछि त्यसबाट ध्यान भड्काउन उनीहरूले सीबीआई जाँचको कुरा गरेको बताउँदै प्रवक्ता बस्नेतले बजगाई र गणेश राईले मिडियामा आएर होइन तर अदालतमा आएर आफूहरू दोषी नरहेको प्रमाणित गर्नुपर्ने माग गरेका छन्। हिजो सामसन तामाङ पक्राउ पर्नसाथ बजगाईले पुलिसलाई धन्यवाद दिनको साटो सोझै सीबीआईको कुरा उठाएको उल्लेख गर्दै आफ्नो नाम आउँछ भन्ने थाहा भएर अहिले पनि सीबीआईको कुरा गरेको भनाइ बस्नेतको छ। अर्कोतर्फ खस समुदायविरुद्ध घृणास्पद टिप्पणी गर्ने सामसन तामाङलाई सिक्किम पुलिसले आज सिक्किम ल्याईपुऱ्याएको छ। १३ दिनको अथक प्रयासपछि हिजोमात्र आरोपी तामाङलाई बिहारको बौध्दगयाबाट सिक्किम पुलिसले बिहार पुलिसको सहयोगमा पक्राउ गरेको थियो। रम्फूमा पत्रकारहरूले सोधेको एक प्रश्नको जवाफमा सामसोन तामाङले सिक्किमको एक विपक्षी दल क्यापका अध्यक्ष गणेश राई तथा खरसाङका विधायक बीपी बजगाईले आफूलाई त्यसप्रकारको बयान दिन लगाएको खुलासा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement