गुवाहाटी: असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा परिवार सहित शुक्रवार प्रय़ागराज महाकुम्भ पुगे ‘र संगममा डुबुल्की लगाए। सो अवसरमा डा. सरमाले भने, कुम्भमा स्नान गर्नु धेरै ठूलो सौभाग्य हो।
परमात्मालाई धेरै-धेरै आभार गर्दछु,उनले हामीलाई स्नान गर्ने अवसर दिए। कुशलताको साथ ब्यबस्थित रुपमा मेला प्रबन्धन गरिएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र सम्पूर्ण प्रशासनलाई धन्यवाद दिँन्छु।
डा. सरमाले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनमा एक पल्ट फेरि भारतको सनातन सभ्यता एवं संस्कृति उजागर भएको छ। यो महाकुम्भले प्रमाणित गरेको छ l सनातन नै अतीत हो, सनातन नै वर्तमान हो र सनातन नै विश्वको भविष्य हो।
संगममा स्नानपछि मुख्यमन्त्री सरमाले आफ्नो एक्स अकाउन्टमा दुई पोस्ट साझा गरे। उनले हिन्दीमा लेखेका छऩ्, तीर्थराज प्रयागराजमा परिवार सहित त्रिवेणी संगम स्नान गर्ने अपार सौभाग्य प्राप्त भयो। जबसम्म सूर्य-चन्द्र रहनेछ तबसम्म सनातन धर्म रहनेछ। हर हर महादेव।
अंग्रेजीमा लेखिएको दोस्रो पोस्टमा उनले भने, आज संगममा स्नानको अनुभवको वर्णन गर्न मसंग शब्द छैन। यो केवल नदीहरूको संगम होइन, यो करोड़ौं सनातनीहरूको आस्था, आध्यात्मिकता र विरासतको संगम हो।











