खरिबारीमा लागुऔषध ओसारपसार गर्ने युवक पक्राउ

IMG-20241104-WA0112

खरीबारी: लागुऔषध ओसारपसार गरेको आरोपमा खरीबारीको गण्डगोल जोटेका अरमान आलम नामका युवक पक्राउ परेका छ।
पुलिस स्रोतका अनुसार आरोपित बिहीबार राति खरिबारीको पानीटङ्की नजिकै रहेको ढक्रु मोडमा लागुऔषध ओसारपसार गर्न आएका थिए। सूचनाको आधारमा पुलिसले कारबाही चलाएर आलमलाई पक्राउ गरेको हो। खोजीका क्रममा आलमकोबाट २०२ ग्राम ब्राउन सुगर बरामद भएको पुलिसले बताए।
पुलिसले आलमलाई पक्राउ गरी घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिएको छ। शुक्रबार आरोपीलाई सिलगढी उप-विभागीय अदालतमा पेश गरियाे। घटनाको अनुसन्धान भइरहेको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement