पुलिस-प्रशासनले कोल्ड स्टोरेजकाे सञ्चालकहरुसँग गरे बैठक
जलपाईगुडी: जलपाईगुडी जिल्लाका विभिन्न कोल्ड स्टोरेजहरूमा आलु भण्डारण गर्नको लागि बन्ड जारी गर्ने काम फेब्रुअरी २५ बाट शुरु हुनेछ।
यसअघि शुक्रबार पुलिस प्रशासनले कोल्ड स्टोरेज सञ्चालकसँग बैठक गरे। आलु भण्डारण बन्ड वितरणको सहज व्यवस्थापन सुनिश्चित गर्नको लागि याे विशेष बैठक जलपाईगुडी कोतवाली पुलिस स्टेशनमा आयोजित गरिएको थियो।
बैठकमा जलपाईगुडीमा रहेको आठ कोल्ड स्टोरेजका मालिकहरू उपस्थित थिए। बैठक कोतवाली पुलिस चौकीका आईसी सञ्जय दत्तको उपस्थितिमा भएको थियो। आलुको बोन्ड बाँड्दा कुनै किसिमको समस्या नहोस् भन्नका लागि पुलिस प्रशासनले कोल्ड स्टोरेज मालिकहरुलाई केही सुझाव दिएको छ।