इस्लामावाद: पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा शुक्रबार बिहानै एउटा मिनिभ्यान एक नहरमा खस्दा आठजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
दुर्घटना कसुर जिल्लामा भएको थियो, जब एक संगीत समूहका सदस्यहरूलाई लिएर एउटा विवाह समारोहबाट फर्कँदै गरेको मिनिभ्यान सडकबाट तल एक नहरमा खसेको प्रहरीले स्थानीय मिडियालाई बताएको छ।
उद्धार टोली र प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्याएका थिए। आठजनाको घटनास्थलमै मृत्यु भएको अधिकारीहरुले जनाएका छन् भने दुईजना घाइते भएका छन्।
उद्धार अधिकारीहरूले प्रारम्भिक रिपोर्टमा ‘ड्राइभर ड्राइभिङ गर्दा निदाएका हुन सक्छन्, जसले दुर्घटना निम्त्याएक’ हुन सक्ने जनाएका छन्।
पाकिस्तानमा सडक दुर्घटना चिन्ताजनक मुद्दा बनेको छ। विगत केही वर्षमा सडक दुर्घटना उल्लेखनीय रूपमा बढ्दै गएको छ। लापरबाही, सडकको खराब अवस्था र सवारीसाधनको अपर्याप्त मर्मतसम्भार उच्च दुर्घटनाको मुख्य कारण हुन्।