जर्जियन एफसी सेमी फाइनलमा प्रवेश

IMG-20250221-WA0279

सोनादा: भूतपूर्व सैनिक वेलफेयर एसोसिएसन पचेङ शाखाको आयोजनामा निम्न सोनादाको पचेङ दुबे खेल मैदानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको क्वाटर फाइनल खेल शुरु भएको छ।‌ शुक्रबार भएको क्वाटर फाइनल खेल जर्जियन एफसी र युबीएफसी कोठीडाँडामाझ सम्पन्न भएको छ। यस खेलमा जर्जियन एफसीले युबीएफसी कोठीडाँडालाई १-० को अन्तरले जितेर सेमी फाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको खेलमा‌ अतिथिको रुपमा अनिकेत छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए। यस खेलमा म्यान अफ् द म्याच जर्जियन एफसीको जर्सी नम्बर २२ रबिन सुब्बा चयन भएका छन्‌। अब अर्को खेल आईतबार २३ फरवरीमा हुने भएको छ। आईतबार हुने पहिलो क्वाटर फाइनल खेल बदमदाम एफसी र गढवाल राईफल्समाझ हुने भएको छ भने दोस्रो क्वाटर फाइनल खेल तरनजाबारी सिलगढी र चाँद एफसी तीनधारेमाझ सम्पन्न हुने भएको छ।

यस फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफीससहित डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिने भएको छ भनी भूतपूर्व सैनिक कल्याण वेलफेयर एसोसिएसन पचेङ शाखाको सभापति अननेरी कप्तान एलबी राईले जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement