कोलकाता: विश्वव्यापी निर्माण क्षेत्रको अग्रणी निर्माण रसायन ब्रान्ड, वुरा बाउ-केमी एलएलपी ले प्रसिद्ध क्रिकेट खेलाडी तथा भारतका पूर्व कप्तान सौरभ गांगुली लाई आफ्नो नयाँ ब्रान्ड एम्बासेडर तथा मेन्टरको रूपमा नियुक्त गरेको घोषणा गरेको छ। यो साझेदारी वुराका लागि एक महत्वपूर्ण नयाँ अध्याय साबित हुनेछ, जसले निर्माण रसायन उद्योगमा सबैभन्दा ठूलो बजारतर्फ आफ्नो यात्रा आरम्भ गर्दैछ। साझेदारीबारे उत्साहित हुँदै सौरभ गांगुलीले भने, “म वुरासँग आबद्ध हुन पाउँदा निकै रोमाञ्चित छु। यो कम्पनी अत्याधुनिक प्रविधिलाई नवाचार तथा उत्कृष्टतासँग जो8xड्ने आफ्नो प्रतिबद्धताका लागि परिचित छ। चाहे त्यो क्रिकेट होस् वा जीवन, स्थायित्व निर्माणका लागि दूरदृष्टि र उत्कृष्ट टीमवर्क आवश्यक पर्छ। मलाई विश्वास छ कि वुराको विकास प्रति दृष्टिकोण, नवाचार, र मानवीय मूल्यहरूप्रति समर्पण मेरो आफ्नै सिद्धान्तसँग मेल खान्छ। म उनीहरूको ‘बेहतर निर्माण’ गर्ने लक्ष्यलाई समर्थन गर्न उत्साहित छु।”
वुरा बाउ-केमी एलएलपी का सीईओ मिनेश चौधरी ले समेत यो साझेदारीप्रति आफ्नो खुशी व्यक्त गर्दै भने, “हामीलाई ‘दादा’ – सौरभ गांगुलीलाई हाम्रो ब्रान्ड एम्बासेडरको रूपमा पाउन पाउँदा गर्व महसुस भएको छ। उनको नेतृत्व क्षमता, उत्कृष्टताको प्रतिबद्धता र इमानदारी हाम्रो ब्रान्डका मूल्यहरूसँग पूर्ण रूपमा मेल खान्छ। वुरा बाउ-केमीमा, हामी आउने पुस्ताका लागि एक समृद्ध विरासत निर्माण गर्ने सोचमा केन्द्रित छौँ। हाम्रो सबै उत्पादनहरू नवीन प्रविधि, अनुसन्धान तथा विकास प्रक्रियाबाट गुज्रन्छन्।”
वुरा बाउ-केमीले हाल फाइबर पावर टेक्नोलोजीसहितका नयाँ निर्माण रसायन उत्पादन गरिरहेको छ, जुन उद्योगमै अनौठो तथा अग्रणी प्रविधि हो। कम्पनीले भारतमा तीन नयाँ निर्माण केन्द्रहरू स्थापना गर्ने तथा १० नयाँ गोदामहरू खोल्ने योजना बनाएको छ, जसले भारतीय बजारमा बढ्दो माग पूरा गर्न सहयोग गर्नेछ। साथै, निर्यात कारोबार विस्तार गर्दै आगामी वर्षहरूमा आईपीओको तयारी गर्ने योजना कम्पनीको छ। यस अवसरमा वुरा बाउ-केमी एलएलपीका निर्देशक अमित चौधरीले भने, “दादाको हाम्रो ब्रान्डमा सहभागिता हुनुले हाम्रो बजार उपस्थिति अझ मजबुत बनाउनेछ। साथै, यसले हाम्रो सम्पूर्ण टोलीलाई थप प्रेरणा प्रदान गर्नेछ। उनले हाम्रो विस्तार योजनाहरूलाई पूर्ण समर्थन जनाएका छन्, जसले समयको परीक्षामा खरो उत्रने एक दीर्घकालीन विरासत निर्माण गर्न मद्दत गर्नेछ।”