खरसाङको दुर्घटनामा तीनजना विद्यार्थीहरु घाइते

IMG-20250221-WA0274

खरसाङ: खरसाङको टुरिस्ट लज नजिक रहेको ट्राफिक बुथदेखि उकालो जाने रोडमा आज गाडी दुर्घटना हुँदा तीनजना विद्यार्थीहरु घाइते भएको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार उक्त रोडमा माथिपट्टिबाट आएको इको गाडीले सडकबाट पल्टेर उक्त स्थानमा पार्किङ गरेर राखिएको मारुति भ्यानलाई थिचेको र इको भ्यानमा रहेका तीनजना विद्यार्थीहरु घाइते भएको जानकारी प्राप्त भएको छ। उक्त घटनास्थलमा खरसाङ पुलिस प्रशासन र खरसाङ ट्राफिक प्रशासन उपस्थित रहेका थिए। उक्त घटनामा घाइते बनेका तीनजना विद्यार्थीहरुलाई खरसाङ ट्राफिक पुलिसको तर्फबाट स्थानीयहरुको सहयोगमा खरसाङ महकुमा अस्पतालमा उपचारको‌ लागि लगिएको जानकारी प्राप्त भएको छ। तीनजना घाइते विद्यार्थीहरुमा एकजनालाई सिटी स्क्यानको लागि सिलगढी लगिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement