तीनधारेमा अग्निशमन केन्द्रको निर्माण गर्नलाई अधिकारीहरुद्वारा स्थलगत निरीक्षण साथै जमीन चिन्हित

IMG-20250221-WA0272

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेमा अग्निशमन केन्द्रको स्थापना गर्नलाई जमीनको सर्वेक्षण गरिएको छ। तीनधारेमा अग्निशमन केन्द्रको स्थापना गर्नलाई आज जमीनको सर्वेक्षण गर्नलाई विभिन्न विभागका अधिकारीहरू तीनधारे आएर जमीन चिन्हित गरेका छन्।‌ उक्त अग्निशमन केन्द्रको स्थापना गर्नलाई आज तीनधारेमा जमीन चिन्हित गर्नलाई भूमि अनि भूमि सुधार विभाग, अग्निशमन विभाग, पीएचई, पीडबल्युडी, केईडी आदि भागका अधिकारीहरु उपस्थित रहेका थिए। यसको साथै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, कर्माध्यक्ष साजन दर्जी लगायत स्थानीयहरु उपस्थित रहेका थिए। विभिन्न विभागका पदाधिकारीहरुले तीनधारेमा अग्निशमन केन्द्रको स्थापना गर्नलाई तीनधारेको तल्लो मिठाईडाँडामा रहेको सडकदेखि माथिल्लोपट्टिको जमीनलाई चिन्हित गरिएको जानकारी प्राप्त भएको छ। तीनधारे र वरिपरि क्षेत्रका मानिसहरुले‌ लामो समयदेखि मांग गर्दै आएका अग्निशमन केन्द्रको स्थापना हुने भएको छ।‌यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै स्थानीय युवराज सुन्दासले तीनधारे र वरिपरि क्षेत्रका मानिसहरुले‌ लामो समयदेखि मांग गर्दै आएका अग्निशमन केन्द्रको स्थापना अब पूरा हुने भएको बताएका छन्। उनले तीनधारेमा अग्निशमन केन्द्रको निर्माण गर्नलाई आज5 विभिन्न विभागका अधिकारीहरू आएर स्थलगत निरीक्षण गरेर जमीनको चिन्हित गरिएको जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement