कालेबुङकी नारी स्रष्टा रेबिका कार्थकलाई स्रष्टा सम्मानद्वारा सम्मानित

IMG-20250221-WA0270

तीनजना स्रष्टाहरुलाई जनाइयो अभिनन्दन

कालेबुङ: कालेबुङकी नारी स्रष्टा रेबिका कार्थकलाई स्रष्टा सम्मानद्वारा सम्मानित गरिएको छ। उनलाई भारतीय नेपाली भाषी इसाई स्रष्टाहरुको साझा मञ्च स्रष्टा सङ्गमको कालेबुङमा आयोजित पाँचौं वार्षिक सम्मेलनमा स्रष्टा सम्मानद्वारा सम्मानित गरिएको छ।‌ सत्तरको दशकदेखि निरन्तर लेख्दै आएकी रेबिका कार्थकको अहिलेसम्म छवटा कृतिहरु प्रकाशित छन्। उनको कृतिहरुमा अंगालोमा सधैँ (कविता संग्रह -१९७६), स्रष्टाको सुन्दर कोशेली (लेख संग्रह -१९९६), त्यो नजरले मलाई रित्यायो ( लेख संग्रह -२०११), अधीनमा अपार आनन्द (लेख संग्रह -२०१७), उचालिनुहोस प्रभु हाम्रो परिवारमाथि (लेख संग्रह -२०१९) र कस्तो प्रशस्त माया र प्रेम (संस्मरण -२०२१) आदि प्रकाशित छन्। नारी स्रष्टा रेबिका कार्थक भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार सलोन कार्थककी पत्नी हुन्। यस अवसरमा उनलाई कार्यक्रमलो प्रमुख अतिथि वरिष्ठ गायक एंव संगीतकार जोहन डी खवास र विशिष्ट अतिथि रेभरेन्ट डा छत्र सुब्बा पावलको बाहुलीबाट खदार्पणसहित शल ओढाएर सम्मान गर्दै स्मृति चिन्ह र सम्मान पत्रद्वारा सम्मानित गरिएको छ। उनको सम्मान पत्र बसुन्धरा राईले‌ पठन गरेकी थिइन्। यस अवसरमा उनले स्रष्टा सङ्गमलाई धन्यवाद दिएकी छन्। यस अवसरमा स्रष्टा सङ्गमको तर्फबाट तीनजनालाई अभिनन्दन पनि जनाइएको छ। यस अवसरमा श्याम विरही प्रेरणा पुरस्कारको लागि कवि रवि रोदन, दलित साहित्य अकादमी नयाँ दिल्लीबाट डा भीमराव अम्बेडकर राष्ट्रिय फेलोशीप पुरस्कार २०२४ प्रापक प्राध्यापक मेहेरमान सुब्बा, पोइट आईडल सिजन दुईको विजेता सिक्किमको कवि सिमियोन सुकिता राई गरी तीनजनालाई स्रष्टा सङ्गमको तर्फबाट अभिनन्दन जनाइएको थियो। तीनैजनालाई प्रमुख अतिथि र विशिष्ट अतिथिहरुका बाहुलीबाट खदार्पणसहित शल ओढाएर सम्मान गर्दै स्मृति चिन्ह र सम्मान पत्रद्वारा अभिनन्दन जनाइएको थियो। यस अवसरमा अभिनन्दन तीनैजनाले आफ्नो तर्फबाट सम्बोधन गर्दै छोटो छोटो सम्बोधन गरेका थिए। तीनजनाले स्रष्टा सङ्गमलाई धन्यवाद दिएका छन्। यस अवसरमा कवि रवि रोदन अनि पोइट आईडल सिजन दुईको विजेता कवि सिमियोन सुकिता राईले कविता पनि वाचन गरेका थिए। यस कार्यक्रमलाई संयोजक हनोक थापाले सञ्चालन गरेका थिए। स्रष्टा सङ्गमको तर्फबाट कुनै साहित्यिक पुरस्कार प्रापकहरुलाई अभिनन्दन जनाउने चलन गरिएको छ। स्रष्टा सङ्गमको तर्फबाट २०१८ मा डा एडोन रोंगोंग, २०२९ मा वरिष्ठ साहित्यकार सलोन कार्थक र साहित्यकार गहर ‘उदासी’ लाई मरणोपरान्त सम्मान जनाइएको थियो भने २०२० मा सुकनम र एल्डर दिनेश खालिङलाई सम्मान् जनाइएको थियो। त्यसरी नै २०२४ मा स्रष्टा सम्मानद्वारा रेभ डा छत्र सुब्बा पावल सर क्यामुना प्रधानलाई सम्मानित गरिएको थियो भने पहिलो शशिप्रभा स्मृति पुरस्कार प्रापक सन्ध्या आचार्यलाई अभिनन्दन जनाइएको थियो। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै स्रष्टा सङ्गमको सभापति एल्डर राजु राईले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement