अन्तर्राष्ट्रिय भाषा दिवस मनाए

IMG-20250221-WA0220

सिलगढी: अन्तर्राष्ट्रीय भाषा दिबसको अवसरमा एनजेपी पुलिस स्टेशन द्वारा र्‍याली निकालिए। आज पूरै देश, राज्यका साथै सिलगढीमा विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय भाषा दिवस मनाइए। यसैक्रममा आज सिलगढी महानगरीय पुलिसको न्यू जलपाईगुडी थानाको पुलिसले र्‍याली निकालेको हो। र्‍यालीमा विभिन्न विद्यालयका बालबालिकाहरुको सहभागिता रहेको थियो। सो अवसरमा एनजेपी पुलिस चौकीका ओसी सोनम लामालगायतको उपस्थिति रहेको थियो। एनजेपी प्रहरी चौकीबाट सुरु भएको र्‍यालीले विभिन्न क्षेत्रको परिक्रमा गर्नुका साथै आज सिलगढी महानगरपालिकाद्वारा बाघजातिन पार्कमा पनि अन्तर्राष्ट्रिय भाषा दिवस मनाइएको थियो। यस अवसरमा सिलगढीका मेयर गौतम देव, उपमेयर रञ्जन सरकार, मेयर काउन्सिलर र नगर निगमका अधिकारीहरूले शहीदको वेदीमा माला अर्पण गरेर शहीदहरूलाई श्रद्धांजलि अर्पण गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement