सिलगढी: सिलगढीको सबैभन्दा महत्त्वपूर्ण स्टेडियम मध्ये एक कञ्चनजङ्घा स्टेडियमको नवीकरणको काम तीव्र गतिमा भइरहेको छ। आज मेयर गौतम देव रंगशालाको पूर्वी भागमा भइरहेको कामको निरीक्षण गर्न गएका थिए। उनको साथमा उपमेयर रञ्जन सरकार, पार्षद दिलीप बर्मनलगायत पनि थिए।
आज निरीक्षणपछि मेयरले एसएमकेपीको कार्यालय रहेको ठाउँलाई पूर्णरुपमा भत्काएर पुनःनिर्माण भइरहेको जानकारी दिए। त्यहाँ रु १० करोडभन्दा बढीको लागतमा पाँच अतिथि कक्ष र तीन बहुउद्देश्यीय हल रुम निर्माण हुनेछन्। यीमध्ये एउटा हलमा ४ सय जना बस्ने व्यवस्था हुनेछ। दोस्रो हलमा २ सय र तेस्रो हलमा १ सयदेखि १ सय १५ जनासम्म अट्ने व्यवस्था छ। यी हल कोठाहरू कुनै पनि कार्यक्रमको लागि सर्वसाधारणलाई भाडामा दिइनेछ। महिला र पुरुष दुवैका लागि अत्याधुनिक उपकरणसहितको जिम पनि रहनेछ।

खेलकुदसँग सम्बन्धित विभिन्न संघसंस्थाका कार्यालयहरू एक एक गरी निर्माण गरिनेछ। यसमा शौचालय, भान्छा, क्यान्टिन आदि पनि हुनेछन्। छतमा पानीको ट्याङ्की हुनेछ र पहिलो चरणको काम तीन भागमा हुनेछ। जसलाई ए, बी, सी ब्लकमा विभाजन गरिएको छ। रुख काटिने छैन बरु रुखले क्षेत्र सजाइने छ। यसै वर्षको दिसम्बरसम्ममा यो काम सम्पन्न हुने मेयरले बताए।










