गान्तोक: सिक्किमको डिग्चुदेखि संगकालांग जाने बाटोमा रहेको फिचू पुलमा दरार देखिएको छ। आवतजावत ठप्प हुँदा पर्यटक तथा स्थानीयवासीलाई समस्या परेको छ।
बिहीबार राति सो क्षेत्रको फिचु पुलमा दरार देखिएपछि जिल्ला पुलिस कार्यालय मङ्गनले तत्काल यस रुटमा सवारी आवागमन बन्द गर्न सूचना जारी गरेको हो।
जसका कारण सिक्किमको यस क्षेत्रमा आउने पर्यटक तथा स्थानीय बासिन्दालाई समस्या परेको छ।
उल्लेखनीय छ कि अक्टोबर २०२३ मा उत्तर सिक्किममा हिमनदी फुटेपछि र यस वर्षको भूकम्पपछि सडक दुर्घटनाहरू जारी छन्। भर्खरै एउटा बेली ब्रिज भत्किएर संकलङ्गा क्षेत्रमा सडक सञ्जाल अवरुद्ध भएको छ।










