.चिया बगानको जग्गालाई लिएर जग्गाधनी र मजदुरबीच द्वन्द्व बढ्दै    

IMG-20250221-WA0236

जलपाईगुडी:  चिया बगानमा जग्गालाई लिएर जग्गाधनी र मजदुरबीच द्वन्द्व बढ्दै गएको छ।चिया बगानको ३० प्रतिशत जग्गा अन्य प्रयोजनका लागि प्रयोग गर्न दिने सरकारको निर्णयले मालिक-मजदुर विवाद बढ्दै गएको सिपिआई(एम)को दाबी छ। न्यूनतम पारिश्रमिकमा पनि कामदार ठगिएको सिपिआई(एम)को दाबी छ।डुअर्सको रानीचेरा चिया बगानको बसोबास क्षेत्रमा जग्गाधनी र स्थानीय जनताबीच आमने-सामने मौखिक झगडा भएको प्रष्ट देखिन थालेको छ जग्गामा बसोबास गर्दै आएको सो परिवारले भने जग्गामा चिया बगान लगाइएको छ र वृक्षारोपण गर्दा वृक्षारोपणमा काम दिने भनिएको थियो तर काम दिइएन। अब यो जग्गा पनि लिन चाहन्छन् भने चियाको बिरुवा रोप्छु भने परिवारसहित कहाँ जानु , तर घटनास्थलमा पुगेपछि तृणमूल मजदुर संगठन इन्टकका पूर्व जिल्ला अध्यक्ष राजेश लाक्राले आक्रोश व्यक्त गर्दै सरकारले चिया बगानको ३० प्रतिशत जग्गा ठूला उद्योगीलाई दिने घोषणा गरेको बताए।


अहिले प्रदेश सरकारले आदिवासी, गोर्खा, मुस्लिम र डुअर्स माटोका सन्तानलाई विस्थापित गर्ने षडयन्त्र सुरु गरेको छ, त्यो हुन दिँदैनौं।
सोही क्रममा यस घटनाका सम्बन्धमा चिया बगानका पदाधिकारीसँग फोनमा प्रतिक्रिया सोध्दा उनीहरूले भने, ‘एक व्यक्तिले चिया बगानको जग्गामा खेती गर्न खोजेको र पटक–पटक आग्रह गर्दा पनि त्यो जग्गा कब्जा छाड्न नचाहेकाले आज हामी आफैं जग्गामा रहेका पिलर हटाउन गएका हौँ। साथै फोनमा आफ्नो अवस्थाबारे कुरा गर्दै उनले यसरी नै अशान्ति भइरह्यो भने चिया उद्योग झनै समस्यामा पर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement