मेची राजमार्ग र तमोर करिडोरमा चल्ने यातायात बन्द 

IMG-20250221-WA0076

फुङ्लिङ्: ताप्लेजुङको फुङलिङदेखि पाथिभरा क्षेत्रको काफ्लेपाटीसम्मको यातायात बन्द भएको छ। यातायात व्यवसायी सङ्घ काफ्लेपाटीले यातायात बन्द गरेको हो। 
प्रहरी र आन्दोलनरत पक्षबिच झडप भई घाइते भएकाहरूको उद्धारका लागि पुगेका रेडक्रसकर्मी, उद्योग वाणिज्य सङ्घ कर्मी र इन्सेक प्रतिनिधि चढेको गाडी आन्दोलनरत पक्षले तोडफोड गरेका थिए। 
गाडी तोडफोडसँगै चालकलाई समेत कुटपिट गरेको र उक्त जिम्मा आन्दोलनरत पक्षले नलिएसम्म यातायात ठप्प गरिएको यातायात व्यवसायी सङ्घ काफ्लेपाटीका अध्यक्ष कुमार लिम्बूले जानकारी दिए। अहिले घाइते चालक र झडपमा घाइते भएका सुरक्षाकर्मीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गरिएको इन्सेक प्रतिनिधि एलिना दियालीले जानकारी दिइन्। 
उक्त झडपमा परी सुरक्षाकर्मी र आन्दोलनरत पक्षबिचको झडपमा १३ जना घाइते भएका छन्। आन्दोलनरत पक्षले अझै पनि केबलकार निर्माण क्षेत्रमा गई नाराबाजी गरिरहेकाले त्यहाँको स्थिति नाजुक रहेको काफ्लेपाटी स्थानीयबासीको भनाइ छ। त्यहाँको होटलहरू समेत बन्द भइसकेको बताइएको छ। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement