कराची: पाकिस्तानका ओपनिंग ब्याटर फखर जमान खुट्टाको चोटले गर्दा आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिर भएका छन्। उनको स्थानमा अनुभवी इमाम-उल-हकलाई टीममा सामेल गरिएको छ। भारतविरुद्ध म्याचको निम्ति पाकिस्तानको टीम दुबई पुगिसकेको छ। फखरलाई न्यूजील्याण्डविरुद्ध खेलिएको टुर्नामेण्टको पहिलो म्याचमै फील्डिंग गर्दा चोट लागेको थियो। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) – ले इण्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) – को तक्निकी समितिबाट मञ्जुरी प्राप्त भएपछि आफ्नो टीममा फेरबदल गरेको छ। भारत र पाकिस्तानबीच म्याच आइतवार दुबईमा खेलिनेछ। आईसीसी-द्वारा जारी विज्ञप्तिमा भनेको छ, फखर जमान चोटले गर्दा च्याम्पियन्स ट्रफीबाट बाहिर भएका छन् अनि उनको स्थानमा २९ वर्षीय इमाम-उल-हकलाई पाकिस्तानको टीममा सामेल गरिएको छ। उनले अहिलेसम्म ७२ वटा वनडे इण्टरनेशनल म्याच खेलेका छन्।