बंग्लादेशविरुद्ध ६ विकेटले जीतको साथ च्याम्पियन्स ट्रफीमा अभियान शुरु गऱ्यो भारतले

IMG-20250220-WA0318

दुबई: भारतले बंग्लादेशलाई ६ विकेटले पराजित गरी आईसीसी च्याम्पियन्स ट्रफीमा अभियान शुरु गऱ्यो। भारतको यस जीतमा पेस बलर मोहम्मद शमीको ५ विकेट अनि शुभमन गिलको अविजित १०१ रनको ईनिंग्सको महत्त्वपूर्ण योगदान रह्यो। दुबई इण्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै बंग्लादेश ४९.४ ओभरमा केवल २२८ रन बनाएर अलआउट भयो। एक समय ३५ रनमै ५ विकेट गुमाएर समस्यामा पर्ने बंग्लादेशको ईनिंग्सलाई तौहिद हृदयको शतक र जाकेर अलीसँग उनको शतकीय पार्टनरशीपले बचायो। तौहिदले ११८ बलमा ६ वटा चौका र २ वटा छक्काको साथ १०० रन बनाए। यसरी जाकेरले ४ वटा चौकाको साथ ११४ बल खेलेर ६८ रन बनाए। यी दुईजनाले छैटौं विकेटको निम्ति १५४ रनको पार्टनरशीप गरे। यी दुईजना बाहेक ओपनर तञ्जिद हसनले २५ रन बनाए। भारतीय बलरहरूमा शमीले ५, हर्षित राणाले ३ र अक्षर पटेलले २ विकेट लिए। त्यसपछि भारतले ४६.३ ओभरमै ४ विकेटमा २३१ रन बनाएर म्याच जित्यो। ओपनर गिलले ९ वटा चौका र २ वटा छक्का साथ अविजित १०१ रन बनाए। उनले कप्तान रोहित शर्मासँग पहिलो विकेटको निम्ति ९.५ ओभरमा ६९ रनको पार्टनरशीप गरे। रोहितले ७ वटा चौकाको साथ ३६ बलमा ४१ रन बनाए।

त्यसपछि विराट कोहली २२, श्रेयस अय्यर १५ र अक्षर पटेल ८ रन बनाएर आउट भए पनि गिलले केएल राहुलसँग पाँचौं विकेटको निम्ति ८७ रनको अटूट पार्टनरशीप गरी भारतलाई विजयी बनाए। राहुलले एउटा चौका र २ वटा छक्काको साथ अविजित ४१ रन बनाए।
शुभमन गिलले प्लेयर अव् द म्याच-को पुरस्कार हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement