कछुवाको चाल खेल्ने बाबर आजमको आलोचना शुरु

IMG-20250220-WA0317

नयाँ दिल्ली: बाबर आजमले च्याम्पियन्स ट्रफीको पहिलो म्याचमा न्यूजील्याण्डबाट प्राप्त भएको ३२१ रनको लक्ष्यलाई अघि राखेर खेल्दै ६४ रन बनाए। उनले ९० बल खेलेर ६ वटा चौका र एउटा छक्का लगाए। अर्द्धशतक बनाए पनि उनले आउट हुन अघि ५२ वटा डट बल खेले। विशाल लक्ष्यलाई अघि राखेर खेल्दै बाबरको यस्तो धीमा ब्याटिंगको खेलका दिग्गजहरूले आलोचना गरेका छन्। उनले म्याचमा ८१ बलमा आफ्नो अर्द्धशतक पूरा गरे। यो वनडे इण्टरनेशनलमा उनको पाँचौं सबैभन्दा धीमा अर्द्धशतक हो। उनले अर्द्धशतक बनाउँदासम्म पाकिस्तान म्याचबाट लगभग बाहिर भइसकेको थियो। बाबरको धीमा ब्याटिंग देखेर क्रिकेटका विशेषज्ञहरू पनि अचम्भित भएका छन्। भारतका पूर्व ब्याटर मोहम्मद कैफलाई बाबरको ब्याटिंग १९८०-को दशकको जस्तो रहेको अनुभव भयो। उनले भने, बाबर अहिले पनि १९८०-को दशको वनडे क्रिकेट खेल्दैछन्। पार्ट टाइम स्पिनरहरूविरुद्ध केवल २ वटा बाउण्ड्री लगाए उनले। यसरी बीचका ओभरहरूमा रन बनिँदैन। यस्तो रणनीति आधुनिक क्रिकेटमा काम लाग्दैन। यसरी अष्ट्रेलिया महान क्रिकेटर म्याथ्यू हेडनले भने, पाकिस्तानको ईनिंग्सको शुरुवातमा आक्रामक मिजास थिएन। ईनिंग्सको ३३औं ओभरसम्म जरूरी रन रेट १० भन्दा अधिक भइसकेको थियो। यसपाली हामीले पहिलोपल्ट पूरा ईनिंग्सको असली लक्ष्य देख्यौं। उल्लेखनीय छ, च्याम्पियन्स ट्रफीको उद्घाटन म्याचमा आयोजक पाकिस्तानले न्यूजील्याण्डविरुद्ध ६० रनले हारको सामना गर्नु पऱ्यो। कराचीको नेशनल स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले ५० ओभरमा ५ विकेट गुमाएर ३२० रन बनायो। त्यसपछि पाकिस्तान ४७.२ ओभरमा २६० रन बनाएर अलआउट भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement