गान्तोक: आज नयाँ दिल्लीको रामलीला मैदानमा आयोजित नयाँ दिल्लीकी नवनियुक्त मुख्यमन्त्री रेखा गुप्ता र उपमुख्यमन्त्रीको शपथ ग्रहण समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ सहभागी बने।
यस अवसरमा देशका प्रधानमन्त्री नरेन्द्र मोदी विशेष रूपमा उपस्थित थिए।
मुख्यमन्त्रीले दिल्लीकी नवनियुक्त मुख्यमन्त्रीलाई सिक्किम र सिक्किमेली जनताको पक्षबाट हार्दिक बधाई तथा शुभकामना दिए। उनले यो महत्वपूर्ण उपलब्धिले दिल्लीको लागि आशा र सम्भावनाले भरिएको नयाँ युगको शुरुवातलाई संकेत गर्दछ बताए।
मुख्यमन्त्रीले दूरदर्शी नेतृत्व, दृढ समर्पण र सार्वजनिक सेवाप्रति अटल प्रतिबद्धताका साथ दिल्लीले अभूतपूर्व विकास, समृद्धि र उत्कृष्टता हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। उनले जनताको सेवा गर्ने र राज्यलाई विकास र प्रगतिको नयाँ उचाइमा पुर्याउने नवनियुक्ति मुख्यमन्त्रीको प्रयास सफल बनोस् भनी कामना गरेका छन्।








