गान्तोक: भारतीय जनता पार्टी (भाजपा), सिक्किम शाखाले सामसन तामाङकाे खाेजी र पक्राउ लिएर सिक्किम पुलिसको प्रशंसा गरेको छ।
”एसडीपीओ टाशी छोपेल भोटियाको नेतृत्वमा सिक्किम पुलिसको टोलीले बिहार पुलिस (गया जिल्ला)काे मद्दतमा सामसनलाई पक्राउ गरेकाे, निरेन भण्डारीले विज्ञप्तिमा बताएका छन्।
भण्डारीले धेरै राज्यहरूमा प्राविधिक निगरानी, गुप्त जानकारी सङ्कलन र व्यापक खोजी अभियानहरूले राज्यमा कानून र व्यवस्था कायम राख्ने सिक्किम पुलिसको व्यावसायिकता र प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ भनेका छन्।
उनले भनेका छन्, यो सफल अपरेशनले सिक्किम पुलिसको न्याय र राज्यमा साम्प्रदायिक सद्भाव कायम राख्ने समर्पणलाई पुन: पुष्टि गर्दछ। भाजपा सिक्किम प्रदेशले आरोपीलाई छिटो न्यायको कठघरामा ल्याउन उनीहरूको अटल दृढ संकल्प र समन्वित प्रयासहरूको सराहना गर्दछ। उनले सिक्किम सरकार, बिहार पुलिस र यस अपरेशनमा संलग्न सबै कानून प्रवर्तन एजेन्सीहरूलाई पनि धन्यवाद दिएका छन्।









