सामसन तामाङको पक्राउपछि एसकेएम गऱ्यो पुलिस प्रसासनको प्रशंसा

IMG-20250220-WA0314

गान्तोक: बौद्धगयामा साससन तामाङको पक्राउपछि सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले सिक्किम पुलिस प्रशासनको कार्यलाई खुलेर सराहना गरेको छ। उल्लेखनीय छ, सिक्किम पुलिसले सामसन तामाङको आपत्तिजनक र अपमानजनक टिप्पणीलाई केन्द्र गरेर खोजी अबियान तेज गरेको थियो। राज्यका खस समुदाय र सम्पूर्ण नेपाली भाषी सिक्किमेली जनताको भावनामा चोट पुगेको घटनालाई गम्भीरतापूर्वक लिँदै तुरुन्तै विभिन्न संघ संस्थाहरुले पुलिससमक्ष उदुरी गरेका थिए। यसको फलस्वरूप सिक्किम पुलिस सामसन तामाङलाई पक्राउ गर्न सफल बनेको छ। यस प्रकारको सक्रियतापूर्वक कार्य गरेकोमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टी सिक्किम पुलिसलाई बधाई व्यक्त गर्दै धन्यवाद दिएको छ। एसकेएम पार्टीका प्रवक्ता एवं मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेतद्वारा जारी एक विज्ञप्तिमा सिक्किम पुलिसले कठोर खोजी अभियानको प्रशंसा गरिएको हो। सामसन तामाङलाई बिहारको बौद्धगयाबाट पक्राउ गरेको छ। जसले सिक्किम पुलिसको कार्यक्षमता र समर्पणलाई प्रष्ट पारेको उनले बताएका छन्। यस सफल कार्यले सामाजिक सद्भाव कायम राख्न र साम्प्रदायिक एकतालाई जोगाउन सिक्किम पुलिसको अडिग प्रतिबद्धतालाई दर्शाएको उनले बताए। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा, सिक्किम पुलिस प्रशासनले शीघ्र पहल गर्दै दोषीको खोजीमा निरन्तर लागिपरेको थियो। मुख्यमन्त्रीको सक्रिय पहल र घटनालाई व्यक्तिगत रूपमा निगरानी गरी पुलिस विभागसँग निरन्तर सम्पर्कमा रहेकोमा कृतज्ञता व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा जहिल्यै पनि सामाजिक सद्भाव भड्काउने कुनै पनि जातिको विरुद्धमा बोल्ने अथवा सामाजिक एकतालाई भाँड्ने प्रवृत्तिको एसकेएम पार्टी सँधै विरोधमा रहने बताउँदै आइरहेका थिए। यसैगरी उनले यस्ता जाति विरोधी व्यक्तिलाई कुनै अवस्थामा पनि पक्राउ गरेर कारबाही गरिने अड़ान राखेका थिए भने अहिले सिक्किम पुलिसको सक्रियतामा जातिको एकतालाई खल्बल्याउने व्यक्ति कानुनी पञ्जामा पर्नाले सामाजिक न्याय र साम्प्रदायिक सद्भावको लागि मुख्यमन्त्रीको अटल प्रतिबद्धता स्पष्ट भएको बस्नेतले बताए। सामसन तामाङको बयानलाई लिएर कतिपय विपक्षी राजनीतिक पार्टीका नेताहरूले यसलाई राजनीतिकरण गर्ने दुष्प्रयासको एसकेएम पार्टीले घोर विरोध गर्दै आएको जानकारी गराए। एसकेएम पार्टीले कुनै पनि साम्प्रदायिक घृणा फैलाउने र एकता तथा शान्ति भङ्ग गर्ने कार्यको कडा शब्दमा निन्दा गर्दै आइरहेको वस्नेतको भनाइ छ। साम्प्रदायिक सद्भाव सिक्किमको सांस्कृतिक पहिचानको आधारशिला भएकोले यसलाई जोगाउन हामी सधैं तत्पर छौँ भन्दै सिक्किमेली जनतालाई एकता कायम राख्न र विभाजनकारी राजनीतिक एजेन्डामा नफस्नै आग्रह पनि गरेका छन्। साम्प्रदायिक हिंसा फैलाउने यस्ता कुतत्त्वविरुद्ध कानूनले आवश्यक कारबाही गर्नेछ भन्ने पार्टी विश्वस्त रहेको र सामसन तामाङले पछाड़ि कसको हात छ। त्यसको प्रशासन पक्षले खोजी गर्ने विचार व्यक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement