गान्तोक: पश्चिम पाण्डाम निर्वाचन क्षेत्रका विधायक एलबी दासले आज अटल सेतु पुलमा निर्माण गरिएको वेल कम टु सिक्किम बोर्डको उदघाटन गरे। सिक्किम र पश्चिम बंगाललाई जोडने अटल सेतु पुलको उदघाटन गत दुई वर्ष अघि मात्र देशका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुउलरूपमा गरेका थिए। रम्फू नगर पञ्चायतद्वारा जडान गरिएको साइनबोर्डले सिक्किम राज्यको प्रवेशद्वारको दृश्य आकर्षण बढाउने र “स्वच्छता” भनेर चिनिने सरसफाइलाई पनि सुदृढ पार्ने लक्ष्य राखेको छ। कार्यक्रममा नगर पञ्चायत अध्यक्ष संजीव खाती, उपाध्यक्ष राधा प्रधान र पार्षद पिंकु प्रसाद लगायत अन्यहरू पनि सामेल रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै विधायक दासले सिक्किमको प्रवेशद्वारको रूपमा रम्फूको पहिचान बढाउन यसको भूमिकालाई प्रकाश पार्दै नयाँ स्थापित साइनबोर्डको महत्त्वमाथि जोड दिए। उनले शहरलाई सुन्दर बनाउन र राज्यको प्रवेशद्वारको रूपमा यसको महत्त्वलाई सुदृढ पार्ने पहलको लागि रम्फू नगर पञ्चायतद्वारा गरिएको पहलको प्रशंसा गरे।









