हिमालयन रोडिजका विजेता जोसेफ शर्मा सम्मानित

IMG-20250220-WA0312

गान्तोक: हिमालयन रोडिज सिजन ६ का विजेता सिक्किमका छोरो जोसेफ शर्मालाई रानीपुलको एक होटलमा भव्य अभिनन्दन जनाइयो। मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई यस अवसरमा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। सिक्किम विधानसभा उपाध्यक्ष राजकुमारी थापा, मन्त्री जीटी ढुङ्गेल, विधायक पामिन लेप्चा, लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा, मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, प्रेस सचिव युगेन तामाङ, ओएसडी कर्म सुब्बा, अध्यक्ष ओबीसी बोर्ड पवित्र भण्डारी आदिको उपस्थिति थियो। मुख्य अतिथि श्रीमती राईले हिमालयन विजेता जोसेफ शर्मालाई बधाई दिँदै सिक्किम सरकार साथै एसकेएम पार्टीको पक्षबाट उनलाई अभिनन्दन जनाए। आगामी दिनमा शर्माले अझ अघि बढ्न चाहेमा सरकार साथै पार्टी साथमा रहने प्रतिबद्धता जाहेर गरिन्। विजेता जोसेफ शर्माले आफ्नो सम्बोधनमा आफूले अझ सिक्किमको नाम रोशन गर्ने मन्तव्य जाहेर गरे। कार्यक्रमलाई मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङले सञ्चालन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement