गुवाहाटी: असम सरकार दुई दिवसीय एडभान्टेज असम २.० एवं चिया जनजातिको प्रसिद्ध झुमुर नृत्यलाई वैश्विक स्तरमा पहिचान दिलाउने तयारीमा जुटेको छ। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार बताए, अहिलेसम्ममा १८ हजार ५७५ मानिसहरूले एडभान्टेज असम २.० -का लागि आवेदन गरिसकेका छन्।
मुख्यमन्त्रीले लोक सेवा भवनमा आयोजित पत्रकार सम्मेलनमा भने, बिहीवारदेखि गुवाहाटीमा झुमुरको अभ्यास सत्र शुरू गरिएको छ। आगामी २४ फरवरीमा प्रधानमन्त्री नरेन्द्र मोदी सामु झुमुर नृत्य प्रस्तुत गरिनेछ। विश्व रेकर्डको लागि झुमुर नृत्यको प्रदर्शन हुनेछ। विदेशमन्त्री एस जयशंकरले यस झुमुर नृ्त्यको आनन्द लिनेछन्। सबै विभागीय प्रमुखहरूले पनि यस नृत्यको आनन्द लुट्नेछन्। सबै विभागीय प्रमुखहरू आगामी २३ फरवरीमा काजीरंगा आउनेछन् अनि सबैले २५ फरवरीको एडभान्टेज असममा भाग लिनेछन्। २५ फरवरीमै सबैजना फर्किनेछन्। यात्राको सम्पूर्ण खर्च केन्द्र सरकारले वहन गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी २४ फरवरीमा झुमुर नृत्यको प्रदर्शनलाई हेर्नेछन्।एडभान्टेज असमको सम्बन्धमा मुख्यमन्त्रीेले भने, असमका उद्योगपति अभिजीत बरूवाले आफ्नो पहिलो भाषण दिनेछन्। एसआरडी समूहका अनुपम डेका पनि यस अवसरमा उपस्थित रहनेछन्। रिलायन्स इण्डस्ट्रीजका चेयरम्यान मुकेश अम्बानी, टाटा समूहका एन चन्द्रशेखरन औ सज्जन जिन्दलले पनि आ-आफ्नो भाषण राख्नेछन्। विदेश मनन्त्री एस जयशंकर, केन्द्रिय मन्त्री सर्बानन्द सोनोवाल, पीयूष गोयल, अश्विनी वैष्णव पनि बोल्नेछन्।मुख्यमन्त्रीले बताए, अहिलेसम्ममा १८ हजार ५७५ मानिसहरूले एडभान्टेज असमको लागि आवेदन गरिसकेका छन् जसमध्ये १५००० आवेदनहरूलाई स्वीकृति दिइएको छ। अहिलेसम्ममा १५१२ एमओयू आवेदन आइसकेका छन्। असमका लघु उद्यमीहरूलाई १२ हजार करोड़ रुपियाँको एमओयू आवेदन प्राप्त भएको छ। यसमध्ये १५१७ एमओयू राज्य बाहरबाट आएको छ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								


