देशी मदिराविरुद्ध पुलिसको कारबाही, ठेक्काहरुमा छापा

IMG-20250220-WA0279

जलपाईगुडी: बनारहाट र मालबजारमा अवैध मदिरा उन्मूलन अभियानमा पुलिसले ठूलो सफलता हासिल गरेको छ। बिहीबार, जलपाईगुडी जिल्ला पुलिसले अवैध मदिरा उत्पादन विरुद्ध दुई महत्वपूर्ण अभियान सञ्चालन गरेर ठूलो सफलता हासिल गरेको हो। जिल्ला पुलिस एसपी उमेश खँडभाले बनारहाट र मालबजारको मेचपारा क्षेत्रमा गरिएको छापा मारीमा ठूलो संख्यामा मदिरा बनाउन प्रयोग हुने चुलो र उपकरण नष्ट गरी मदिरा बरामद गरिएको जानकारी दिए।
उनले अभियानमा ३ हजार लिटर फर्मटेन्ड वास, २५० लिटर आइडी मदिरा र पकाउने उपकरणहरू समावेश छन्। सुराकीका आधारमा मालबजार पुलिस थाना अन्तर्गत मेछपारामा रहेको देशी मदिरा बनाउने कारखानामा छापा मारिएको उनले बताए।


पुलिसले त्यहाँबाट ४० लिटरको ८ ड्रममा फमेंटेंड वाश, मदिरा बनाउने तीन थान र करिब ३५ लिटर देशी मदिरा बरामद गरेको छ। 
पुलिस पुग्नुअघि नै अभियुक्त लक्ष्मण उराँउ र ज्योति साइबा घटनास्थलबाट भागेका थिए। स्थानीयवासीसँग सोधपुछ गर्दा उनीहरुले बेवारिसे क्षेत्रमा अवैध रुपमा देशी मदिरा उत्पादन गर्ने गरेको खुलेको हो। बङ्गाल एक्साइज ऐन अन्तर्गत मुद्दा दर्ता गर्न मालबजार पुलिस स्टेशनमा उजुरी दर्ता गरिएको छ।

About Author

Advertisement