कोलकाता/सिलिगुडी: फुलबारी -डाबग्रामकी भाजपा विधायक शिखा चटर्जीले फेरि एक पटक विधानसभामा उत्तर बंगाललाई छुट्टै राज्य बनाउने माग उठाएकी छिन्। उनले भने कि उत्तर बंगालका जनता दिनप्रतिदिन विभिन्न सेवाहरूबाट वञ्चित भइरहेका छन् र राज्य सरकार यसबारे मौन छ। हालै, सिलिगुडीका भाजपा विधायक तथा प्रमुख विपक्षी नेता शंकर घोषले पनि विधानसभामा पत्रकारहरूलाई सम्बोधन गर्दै उत्तर बंगालका जनताको पीडालाई उजागर गरेका थिए। यसपटक अर्की भाजपा विधायक शिखा चटर्जी उत्तर बंगालको मुद्दामा मुखर छिन्।








