अध्यक्ष अनित थापा अनि महासचिव अमर लामाले पीडित परिवारसित भेट

16-48-40-ANIT-2.jpg

दार्जीलिङ। आज चुङथुङ चियाबारीको सल्लाबारीमा अग्निपीडित गोबिन्द प्रधानको घरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापा अनि पार्टी महासचिव अमर लामा पुगेर पीडित परिवारसित भेटेर सबै कुरोको जानकारी लिए। यसको साथै पीडित परिवारलाई उत्साह दिए अनि घर चाँडै निर्माण गर्नको निम्ति केही आर्थिक सहयोग पनि प्रदान गरे। यस कार्यको निम्ति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा एवम् महासचिव अमर लामाप्रति गोबिन्द प्रधानले कृतज्ञता प्रकट गरेका छन्। स्मरण रहोस्, दार्जीलिङको चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत चुङथुङ चियाबारी सल्लाबारीमा गत केही दिन अघि सल्लाबारी निवासी गोविन्द प्रधानको घर जलेर घरको सबै सर-समान जलेर स्वाह भएको थियो भने केही पनि सर-सामानहरू निकाल्न पाएको थिएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement