एकजना नानी जस्तो खेलको मजा लिन चाहन्छन् धोनी

IMG-20250220-WA0247

मुम्बई: इण्टरनेशनल क्रिकेटबाट ६ साल अघि नै सन्न्यास लिए पनि महेन्द्र सिंह धोनीले इण्डियन प्रीमियर लीग (आईपीएल)-मा खेल्न जारी राखेका छन् अनि अहिले उनी नानीहरूले झैं क्रिकेट खेल्ने आनन्द लिन चाहन्छन्। भारतलाई आईसीसी वनडे वर्ल्ड कप (२०११), टी२० वर्ल्ड कप (२००७) र च्याम्पियन्स ट्रफी (२०१३)-को खिताब दिलाउने ४३ वर्षीय पूर्व कप्तानले अन्तिमपल्ट जून २०१९-मा इण्टरनेशनल म्याच खेलेका थिए। आईपीएल-मा उनले चेन्नई सुपर किंग्सबाट खेल्छन्। इण्टरनेशनल क्रिकेट नखेलेको ५ सालभन्दा अधिक समय भएको हुनाले यस साल उनी अनक्याप्ड (इण्टरनेशनल क्रिकेट नखेल्ने) खेलाड़ीको रूपमा मैदानमा ओर्लिनेछन्। धोनीले एउटा कार्यक्रममा भने, मैलले २०१९-मै इण्टरनेशनल क्रिकेटबाट सन्न्यास लिइसकेको छु। अब क्रिकेटमा जति साल पनि बाँचेको छ, त्यसमा म एकजना नानी जस्तो खेलको मजा लिन चाहन्छु। म आफ्नो स्कूलको दिनहरूमा झैं यस खेलको मजा लिन चाहन्छु। एउटा कलोनीमा बस्दा दिउँसो ४ बजी हाम्रो निम्ति खेल्ने समय हुन्थ्यो। हामी त्यस समय क्रिकेट नै खेल्थ्यौं। मौसम खराब हुँदा मात्र फूबटल खेल्थ्यौं। म त्यही मानसिकताको साथ खेल्न चाहन्छु तर यस्तो गर्नु सजिलो चाहिँ हुनेछैन।
धोनीले बताएअनुसार, भारतको निम्ति खेल्दा उनको ध्यान सदा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्ने कुरामा हुन्थ्यो अनि रहल सबैथोक पछिबाट आउँथ्यो। उनले भने, एकजना क्रिकेटरको रूपमा म भारतीय क्रिकेट टीमको निम्ति सदा असल प्रदर्शन गर्न चाहन्थे। प्रत्येकले देशको निम्ति खेल्ने मौका पाउँदैनन् अनि यो कुरा मैले पहिला पनि भनिसकेको छु। यसको साथमा धोनीले युवाहरूलाई आफ्नो लक्ष्यलाई तय गरेर त्यसलाई प्राथमिकता दिने सल्लाह दिए। उनले भने, तपाईंले के गर्न चाहनु हुन्छ भन्ने पत्तो लगानु पर्नेछ। मैले खेल्दा क्रिकेट नै मेरो निम्ति सबैथोक थियो। त्यस समय अन्य कुनै कुराको महत्त्व थिएन। मेरो भोजन गर्ने, सुत्ने समय सबै क्रिकेटले तय हुन्थ्यो। साथी, मोजमस्तीहरू सबै पछिबाट आउँथ्यो। यसैकारण सबैले आफ्नो निम्ति सर्वश्रेष्ठ के हुनेछ भन्ने पत्तो लगाउनु पर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement