मणिपुर: भारी मात्रामा हतियार र विस्फोटक जफत

UKNA_20250219

इम्फाल: सुरक्षा बलहरूले मणिपुरको पहाड़ी र घाटी जिल्लाहरूमा अलग-अलग अभियान चलाएर प्रचुर मात्रामा हतियार र विस्फोटक जफत गरेको छ। पुलिसले बताए अनुसार, तेंगनौपाल जिल्लाको माछी थाना क्षेत्रको एसएल जौगम क्षेत्रबाट ३ वटा इम्प्रोवाइज्ड मोर्टार, दुईवटा मस्केट राइफल, एउटा भाँचिएको म्याग्जिन, एउटा स्पटर स्कोप, २ वटा दूरबीन, एउटा मोनोक्यूलर साइट, एउटा हेलमेट, पाँचवटा बुलेटप्रूफ वेस्ट र दुईवटा राइफल स्लिंग जफत गरिएकाे छ।
अर्को कारबाहीमा मोरेह थाना क्षेत्रको माओजाङ गाउँबाट एउटा एके-५६ राइफल, २ वटा ९ मिमी पेस्तोल र म्याग्ज़ीन, एउटा ४०मिमी लाथोड गन, २ वटा चीनी ह्याण्ड ग्रेनेड, अन्य दुईवटा ग्रेनेड, पाँचवटा ह्याण्डसेट र तीन वटा चार्जर, चारवटा हेडफोन, दुईवटा स्लिंग र एउटा केनबो बाइक जफत गरियाे।
थौबल जिल्लाको नोंगपोक सेक्माई थाना क्षेत्रको इरोंग गाउँबाट एउटा एसएलआर र म्याग्जीन, एउटा ५.५६ राइफल, ४ वटा एचई ह्याण्ड ग्रेनेड, एउटा चीनी ह्याण्ड ग्रेनेड, ५ वटा ७.६२ मिमी जिउँदो कारतूस, एउटा टियर स्मोक शेल एलआर, दुईवटा ग्रीन स्मोक ८०एमके१, एउटा टियर स्मोक शेल (सफ्ट नोज), २ वटा बाओफेंग रेडियो सेट, दुईवटा चार्जर र २ वटा ५.५६ मिमी म्याग्जीन जफत गरेकाे छ।
यस बाहेक चुराचांदपुर जिल्लाको तुइबोंग गाउँबाट यूकेएनए संगठनको एक सक्रिय सदस्य सीमिनलेन डौंगल (३५) लाई पक्राउ परेके छ। आऱोपी फिरौती, अपहरण, हतियारहरूको तस्करी र ड्रग तस्करीमा सामेल थियो। आरोपीकाे बटा एउटा मोबाइल फोन, एउटा ड्राइविंग लाइसेन्स, एउटा प्यान कार्ड, एउटा केनरा ब्याङ्क डेबिट कार्ड, एउटा एसबीआई डेबिट कार्ड, एउटा भोटर आईडी, एउटा एके-४७ र म्याग्जीन, एउटा ०.३१५ राइफल, एउटा ०.३१५ राइफल र म्याग्जीन, एउटा देशी सिंगल बेरल राइफल र २३ वटा ७.६२ मिमी बल राउण्ड बरामद भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement