खरसाङ: टुङ-सन्तमेरिज समष्टि अन्तर्गत रहेका गोराबारीदेखि बालासनसम्मको जीर्णावस्थामा रहेको बाटो गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा पूर्ण रुपले निर्माण गरिने भएको छ। दीर्घकालीनदेखि अति नै जीर्ण अवस्थामा रहेको उक्त बाटोको निर्माणको निम्ति स्थानीय वासिन्दाहरुद्वारा धेरैचोटिको मांग र गुनासो रहेको हुनाले र जनताको हितमा गोराबारीदेखि बालासनसम्म आठ किलोमिटर रहेको बाटोले अब पूर्ण रुपले निर्माण हुने खबरले स्थानीय वासिन्दाहरुद्वारा खुशी प्रकट गरेका छन्। टुङ-सन्तमेरिज समष्टिका सभासद नुरी शेर्पाको विशेष उपस्थितिमा आज गोराबारीस्थित उक्त बाटोको निर्माण कार्य आरम्भ गरिएको छ। उक्त निर्माण कार्य अवधि सबै-सबैले साथ, सहयोग र सही निरीक्षण गरिदिने अपिल पनि सभासद नुरी शेर्पाले गरेका छन्।आठ किलोमिटरको दुरी तय गर्ने उक्त बाटोको निर्माणले अब स्थानीय वासिन्दाहरुलाई धेरै सुविधा पुग्ने छ अनि यातायातमा पनि छोटो समयमा नै सवारी साधनको उपभोग गर्न पाउन सक्ने छन्। यस अवसरमा गोराबारी-मार्गरेट्स होप ग्राम पञ्चायतका प्रधान, उप-प्रधान, पञ्चायत सदस्य/सदस्यागण, पञ्चायत समितिका सदस्य/सदस्यागण लगायत सम्बन्धित विभागका विभागीय अधिकारीवर्ग साथै स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेका थिए। टुङ सन्तमेरिज समष्टि अन्तर्गत पर्ने धेरै ठाउँहरुमा अहिलेघरी यस्ता विकासमूल कार्यहरु धमाधम भईरहेको छ बताइएको छ।









