१३ दिनको अथक प्रयासपछि तामाङ पक्राउ

67b6961b3a26c-samson-tamang-arrested-204021512-16x9

गान्तोक: लगभग १३ दिनकाे गहन खोज अभियानपछि, एसडीपीओ टाशी चोपेल भुटियाको नेतृत्वमा रहेको सिक्किम पुलिस टोलीले फरार सामसन तामाङलाई बुधबार राति बिहारको बोधगयाबाट पक्राउ गरेकाे छ। सामसनलाई बिहार पुलिस (गया जिल्ला) को सहयोगमा पक्राउ गरेकाे हाे।
सामसन तामाङले खस समुदायमाथि आपत्तिजनक र अभद्र टिप्पणीहरू गर्दै सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो पोस्ट गरेका थिए। उक्त भिडियो भाइरल भएपछि सिक्किम र दार्जिलिङका विभिन्न पुलिस थानाहरूमा उसकाे कथित घृणायुक्त टिप्पणीको विरुद्ध उजुरी दर्ता भएकाे थियाे। सामसनको पक्राउमा भएको ढिलाईलाई लिएर मानिसहरू आक्रोशित बन्दै गएका थिए भनेे सिक्किममा विपक्षी राजनीतिक दलहरूले राज्य सरकारलाई घेरने काम पनि गरे।
जानकारी अनुसार, सामसनलाई पक्राउ गर्न सिक्किम पुलिसले उत्तर बंगालका विभिन्न ठाउॅंहरूमा खोजी गरिरहेको थियो। यस क्रममा आरोपी बोधगयामा हुन सक्ने संकेत पाएपछि सिक्किम पुलिसले बिहार पुलिसको सहकार्यमा उसलाई पक्राउ गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement