एण्डी मर्रे नै जोकोविचको प्रशिक्षक रहने पुष्टि

IMG-20250220-WA0193

नयाँ दिल्ली: पूर्व दिग्गज खेलाड़ी एण्डी मर्रे फ्रेञ्च ओपनसम्म नोवाक जोकोविचको प्रशिक्षक रहनेछन्। सर्बियाका दिग्गज खेलाड़ी तथा २४ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियन जोकोविचले एटीपी टूर-को च्यानलमा मर्रे प्रशिक्षकको रूपमा उनीसँग कायम रहन सहमत भएको बताएका छन्। अष्ट्रेलियन ओपनको अघि जोकोविच र मर्रेले एकसाथ काम शुरु गरेका थिए अनि शुरुवातमा यसलाई एउटा असम्भव जोड़ी मानिएको थियो। गत वर्ष मर्रेले खेलबाट सन्न्यास लिएपछि जोकोविचले उनलाई प्रशिक्षक बन्ने प्रस्ताव दिएका थिए। अष्ट्रेलियन ओपनमा असल प्रदर्शन गर्दै ३७ वर्षीय जोकोविचले सेमिफाइनलमा स्थान बनाएका थिए तर खुट्टाको चोटले गर्दा उनी अलेक्जेण्डर ज्वेरेवविरुद्ध म्याचबाट हट्न वाध्य भएका थिए। जोकोविचले भने, मैले उनीसँग काम गर्न जारी राख्ने इच्छा व्यक्त गर्दा उनले पनि खुशीको साथ त्यसलाई स्वीकार गरे। हामी एकसाथ काम गर्न जारी राख्नेछौं। अहिले हाम्रो लक्ष्य फ्रेञ्च ओपन रहेको छ। त्यसपछि हामी फेरि कुराकानी गर्नेछौं।
यसबीच जोकोविचले कतर ओपन टेनिस टुर्नामेण्टको पहिलो राउण्डमा मातियो बेरेटिनीविरुद्ध हारको सामना गर्नु पऱ्यो। अष्ट्रेलियन ओपनको सेमिफाइनलपछि आफ्नो पहिलो म्याच खेलिरहेका जोकोविचलाई इटलीका खेलाड़ीले सीधा सेटमा ७-६, ६-२-ले पराजित गरे। विश्वका सातौं नम्बरका खेलाड़ी जोकोविचको यो बेरेटिनीविरुद्ध ५ वटा म्याचमा यो पहिलो हार हो। जोकोविचले अब एटीपी टूरमा १०० या त्यसभन्दा अधिक खिताब जित्ने जिमी कोनर्स (१०९) र रोजर फेडरर (१०३)-को विशेष क्लबमा सामेल हुन अझ केही समय प्रतीक्षा गर्नु पर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement