जर्मनीविरुद्ध भारतको रोमाञ्चक जीत

IMG-20250220-WA0171

भुवनेश्वर: भारतीय पुरुष हकी टीमले वर्ल्ड च्याम्पियन जर्मनीलाई एफआईएच प्रो हकी लीगको रिटर्न म्याचमा १-०-ले पराजित गऱ्यो। भारतको यस जीतमा गुरजन्त सिंहको महत्त्वपूर्ण योगदान रह्यो, जसले म्याचको एकमात्र गोल गरे। भुवनेश्वरको कलिंगा हकी स्टेडियममा खेलिएको रिटर्न म्याच चरम रोमाञ्चक रह्यो, जसमा भारतको निम्ति गुरजन्तको गोल निर्णायक साबित भयो। जर्मनीले यसअघि मंगलवार खेलिएको म्याचमा भारतलाई ४-१-ले पराजित गरेको थियो। बुधवार राति खेलिएको म्याचमा भारतको शुरुवात असल रह्यो अनि गुरजन्तले मैदानी गोल गरेर भारतलाई चौथो मिनटमै बढ़त दिलाए। त्यसपछि रहल समयमा दुवै टीमले थप गोल गर्न सकेन। मंगलवारको निराशाजनक हारपछि भारतले असाधारण प्रदर्शन गऱ्यो अनि पहिलो मिनटदेखि नै जर्मनीलाई दबाउमा राख्यो। भारतले चौथो क्वार्टरलाई छोड़ेर रहल समय जर्मनीलाई आक्रमण गर्ने अधिक मौका दिएन। जर्मनीलाई अन्तिम क्वार्टरमा ५ अनि पूरा म्याचमा ७ वटा पेनल्टी कर्नर हासिल भए पनि भारतको मजबूत डिफेन्सले प्रत्येकपल्ट टीमलाई बचायो। भारतलाई पनि म्याचमा २ वटा पेनल्टी कर्नर प्राप्त भयो अनि दुवै मौकामा टीमले गोल गर्न सकेन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement