यूएफा च्याम्पियन्स लीगःरियल, पीएसजी र पीएसभी प्री-क्वार्टर फाइनलमा, सिटी र युभेण्टस बाहिर

photocollage_2025220113044943

म्याड्रिड: यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा रियल म्याड्रिडको साथमा पेरिस सेण्ट जर्मेन (पीएसजी) र पीएसभी आइण्डहोवेनले प्लेअफ्-को वाधा पार गरी प्री-क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। यसरी प्रीमियर लीगको क्लब म्यानचेष्टर सिटीको साथमा युभेण्टस चाहिँ प्रतियोगिताबाट बाहिर भयो। बुधवार राति खेलिएको दोस्रो लेगको म्याचमा रियल म्याड्रिडले म्यानचेष्टर सिटीलाई ३-१-ले पराजित गऱ्यो। यसअघि म्यानचेष्टर सिटीको होम ग्राउण्डमा पनि ३-२-ले जीत हासिल गरेको हुनाले समग्रमा ६-३-ले विजेता बनेर गत सीजनको च्याम्पियन रियल म्याड्रिड प्री-क्वार्टर फाइनलमा पुग्यो। आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यू स्टेडियममा ४८ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडबाट म्याचमा कीलियन एम्बाप्पेले ह्याट्रिक गरे। फ्रान्सीसी फूटबलरले म्याचको चौथो, ३३औं र ६१औं मिनटमा गोल गरे। एम्बाप्पेको असाधारण फर्मले नै दुई टीमबीच पार्थक्य सृष्टि गऱ्यो। यसरी म्यानचेष्टर सिटीबाट निको गोञ्जालेजले म्याचको अन्तिम समय (इञ्ज्युरी टाइमको दोस्रो मिनट)-मा गोल गरे।
पीएसजी-लाई चाहिँ प्लेअफ्-को चुनौती पार गर्न कुनै समस्या भएन। फ्रान्सीसी क्लबले दोस्रो लेगको म्याचमा आफ्नै देशको क्लब ब्रेष्टलाई ७-०-ले पिट्यो। यसअघि पहिलो लेगको म्याचमा पनि ३-०-ले जीत हासिल गरेको हुनाले समग्रमा पीएसजी १०-०-को ठूलो अन्तरले विजेता बन्यो। बुधवार राति आफ्नो होम ग्राउण्डमा ६९ प्रतिशत पोजेशनको साथ खेल्ने पीएसजी-ले म्याचको पहिलो हाफमा २ अनि दोस्रो हाफमा ५ गोल गरेर आफ्नो ताकत प्रदर्शित गऱ्यो। विजेता टीमबाट ब्राडले बारकोला (२०औं), खविचा ख्वारात्स्खेलिया (३९औं), भितिन्हा (५९औं), डिजायर डोए (६४औं), नूनो मेण्डेस (६९औं), गान्सालो रामोस (७६औं) र सेनी मायुलु (८६औं मिनट)-ले गोल गरे। बुधवार राति खेलिएको अन्य एउटा म्याचमा पीएसभी आइण्डहोवेनले युभेण्टसलाई ३-१-ले पराजित गऱ्यो। यसअघि आफ्नो घरेलु मैदानमा खेलिएको पहिलो लेगको म्याचमा २-१-ले जीत हासिल गरे पनि युभेण्टसले त्यस फर्मलाई कायम राख्न सकेन। यसरी समग्रमा ४-३-ले जीत हासिल गरी नीदरल्याण्डको क्लब पीएसभी-ले क्वार्टर फाइनलमा स्थान बनायो। दोस्रो लेगको म्याचमा चारैवटा गोल दोस्रो हाफमा भयो। बुधवार राति आफ्नो होम ग्राउण्डमा ६० प्रतिशत पोजेशनको साथ खेल्ने पीएसभी-बाट इभान पेरिसिचले ५३औं, इस्माएल साइबारीले ७४औं र रेयान फ्रामिंगोले ९८औं मिनटमा गोल गरे। यसरी युभेण्टसबाट टिमोथी विए-ले ६३औं मिनटमा गोल गरे। निर्धारित समयको खेलमा स्कोर २-१ (समग्रमा ३-३) रहेको थियो। यसैकारण अतिरिक्त समयको खेल भयो, जसमा फ्लामिंगोले गोल गरी पीएसभी-लाई जीत दिलाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement