अखिल सिक्किम खस छेत्री बाहुन कल्याण सङ्घको स्थापना दिवसको तयारी तीव्र

IMG-20250219-WA0251

गेजिङ: खस समुदायको ३०औं स्थापना दिवसको तयारीलाई लिएर राज्यभरि उत्साह छाएको छ। गेजिङस्थित क्योङ्सा खेलमैदानमा विशेष समारोहको तयारी तीव्र रूपमा अघि बढिरहेको छ। यस अवसरलाई भव्य बनाउन राज्यभरिबाट खस समुदायका सदस्यहरू ठूलो संख्यामा सहभागी हुने अपेक्षा गरिएको छ। स्थलगत निरीक्षणको क्रममा राज्यका मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेतले कार्यक्रमबारे महत्वपूर्ण सुझाव राख्दै यस दिवसलाई खस समुदायको पहिचान, एकता र गरिमाको पर्वका रूपमा मनाउन तयार रहेको बताए। उनले राज्य सरकारले जातीय एकता र सामाजिक सद्भावलाई सधैं सम्मान गर्दै आएको उल्लेख गर्दै सबै समुदायलाई समान अधिकार प्रदान गर्न प्रतिबद्ध रहेको धारणा व्यक्त गरे। राज्य सरकारको सहयोग र समावेशी नीतिको प्रशंसा गर्दै बस्नेतले सिक्किम सरकारले बहुसांस्कृतिक समाजको प्रवर्द्धन गर्दै सबै समुदायलाई समान अवसर प्रदान गर्ने दिशामा निरन्तर काम गरिरहेको बताए। उनले राज्यमा विभिन्न जातीय तथा सांस्कृतिक समूहहरूबीच आपसी भाइचारा र सद्भाव बढाउन सरकार प्रतिवद्ध रहेको बताउँदै यस्तो उत्सवहरूले समुदायलाई अझ मजबुत बनाउने बताए। उनले भनेअनुसार सिक्किममा बसोबास गर्ने करिब ९० प्रतिशत समुदायका सदस्यहरू यस ऐतिहासिक दिनलाई भव्य रूपमा मनाउने तयारीमा रहेको लबताए। खस समुदायको पहिचान र अस्तित्वलाई अझ सशक्त बनाउन हामी सबै एकजुट भएर काम गरिरहेका छौं। यो दिवस ऐतिहासिक सांस्कृतिक धरोहरको जगेड़ा गर्ने अवसर हो, बस्नेतले भने। समारोहका लागि व्यापक तयारी भइरहेको जानकारी दिंदै समुदायको उत्थानमा लागिरहेका सबैलाई धन्यवाद व्यक्त गरे। उनले समुदायको एकता, भाषा, संस्कृति र परम्पराको जगेड़ा गर्न यस दिवसले विशेष भूमिका खेल्ने बताए। कार्यक्रममा विभिन्न क्षेत्रका प्रमुख व्यक्तित्वहरूको उपस्थित रहने छ। विशेष गरी सामाजिक अभियन्ता, सांस्कृतिक अभियन्ता, स्थानीय नेतृत्व, सरकारका उच्च अधिकारीहरू, बुद्धिजीवीहरू तथा समाजसेवीहरूको सहभागिता रहने छ। यस अवसरमा खस समुदायको गौरवशाली इतिहास, योगदान र भविष्यका योजनाहरूबारे विशेष छलफल तथा सांस्कृतिक प्रस्तुतिहरू समेत पारित गरिनेछ। स्थानीयबासीहरू यस समारोहलाई ऐतिहासिक रूपमा मनाउन अत्यन्त उत्साहित छन् भन्दै गेजिङको क्योङ्सा खेलमैदानमा कार्यक्रम आयोजना गरिनु स्थानीय जनताको लागि विशेष गर्वको विषय बनेको बस्नेतले बताए। आयोजक सिक्किम छेत्री-बाहुन कल्याण संघले तयारीलाई अन्तिम रुप दिंदै सुरक्षा, यातायात, आतिथ्य सत्कार र कार्यक्रम व्यवस्थापनमा कुनै पनि कमी हुन नदिन आवश्यक पहल गरिरहेको छ। यस उत्सवले सिक्किमको समावेशी नीति, जातीय एकता र सांस्कृतिक अस्तित्वलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ। खस समुदायले सिक्किमको सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याउदै आएको छ भन्दै यो दिवस तिनै योगदानहरुको सम्मान स्वरुप मनाइने बताइएको छ। खस समुदायको ३०औं स्थापना दिवसले केवल एक जातीय समूहको पहिचान मात्र होइन, समग्र सिक्किम राज्यकै एकता, समावेशिता र सामाजिक मेलमिलापलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement