जलपाईगुड़ी: हल्दीबाड़ीमा आजदेखी दुई दिवसीय हुजूर साहब मेला शुरू भएको छ। कुनै प्रकारको भेदभाव नगरी यस मेलामा मुस्लिमहरू सहित हिन्दूहरू पनि सामेल भइरहेका छन्। तथापि बंगलादेशमा व्याप्त तनाउनको कारणले यस वर्ष विशेष सतर्कता अप्नाइएको छ।
हुजूर साहब मेलालाई सुरक्षा घेराभित्र राखिएको छ। ठाउँ-ठाउँमा सीसीटीभी क्यामरा जड़ान गरिनको साथै निगरानी बढ़ाइएको छ।
हुजूर साहब मेला हरेक वर्षको फेब्रुअरी महिनाको १६ र १७ तारिक आयोजना गरिन्छ। यस मेलामा जाति तथा धर्मदेखि माथि उक्लेर लाखौं मानिसहरू सामेल हुने गर्दछन्। धुप र मैनबत्ती बालेर हुजूर साहबसित मनोकामना मागिन्छ। यस वर्ष पनि मेला गए मंगलवार रातीदेखि शुरू भइसकेको छ। मेलामा भिन्न-भिन्न स्थानहरूबाट ठूलो संख्यामा मानिसहरू जुटिरहेका छन्। प्रशासनले मेलालाई ध्यानमा राखेर कड़ा सुरक्षा प्रबन्ध ग रिदिएको छ। मेलाको लागि अतिरिक्त ट्रेनहरूको व्यवस्था गरिएको छ। मेलालाई सकुशल सम्पन्न गराउनको लागि प्रशासन सक्रिय छ।










