चिया बगान मजदुर युनियनले बृहत आन्दोलनको आह्वान गरेको छ

IMG-20250219-WA0211

सिलगढी: २० फेब्रुअरी २०१५ मा त्रिपक्षीय सम्झौतामा चिया मजदुरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्ने निर्णय गरिएको छ। १० वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन। यसको विरोधमा चिया बगान मजदूर युनियनका सदस्यहरूले फरबरी २० मा बृहत आन्दोलनको आह्वान गरेका छन्। संस्थाका सदस्यहरुले बुधबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन्। कार्यक्रममा मजदुर नेता अभिजित रोय, अभिजित मजुमदार, सुमित चक्रवर्ती र शंकर पालको उपस्थिति थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement