हाउजिङ फर अल योजनाको समस्या समाधानका लागि कोलकातामा सम्बन्धित मन्त्रीहरूसँग भेटेर ज्ञापन बुझाउने कार्य सम्पन्न

IMG-20250219-WA0216

खरसाङ: खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरुङ, उपाध्यक्ष सुवास प्रधान र अन्यहरु कलकत्ता पुगेर खरसाङ नगरपालिकामा भएको हाउजिङ फर अलको समस्या लगायत अन्य विभिन्न विषयहरूबारे राज्यका सम्बन्धित मन्त्रीहरूसँग भेट गरेर ज्ञापन समेत बुझाएको जानकारी प्राप्त भएको छ। यस विषयमा कोलकोताबाट खरसाङ नगरपालिकाको उपाध्यक्ष सुवास प्रधानले जनाए अनुसार उनीहरूले भेटको क्रममा राज्यका सम्बन्धित विभागीय मन्त्रीहरूसँग भेट गरेर नगरपालिका अन्तर्गत रहेका हाउजिङ्ग फर अल योजनाको घरहरु निर्माणको निम्ति आएका समस्याहरूको बारेमा अवगत गराउँदै यसको शीघ्र समाधान गरिदिनेबारे आग्रह गर्दै ज्ञापन पनि चढ़ाएका छन्। मन्त्री तथा विभागीय अधिकारीहरूले पनि यस समस्याको चाँड़ो समाधान हुने आश्वासन दिएको बताउँदै यसबारे अब नगरवासीले चाँडै राहत पाउने आशा व्यक्त गरेका छन्। उनले हाउस फर अल बाहेक नगरपालिकाका अन्य परियोजनाहरूबारे पनि कुराकानी गरिएको जनाउँदै यसको पनि चाँडै कुनै निष्कर्ष निक्सिने बताए। उनीहरूले विशेष गरी मिनिस्टर इन चार्ज फिराद हाकिम, एमएडी चिफ इञ्जिनियर लगायत विभागीय निर्देशकहरूसँग भेट गरेको बताए।


यस सम्बन्धमा उनीहरूले सकारत्मक आश्वासनहरू दिएको थप जानकारी प्रधानले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement