खरसाङ: खरसाङको वार्ड नम्बर ९ मा अवस्थित देवकोटा टोल समाज समितिको आयोजनामा आठ दिवसीय विश्व शान्ति पूजा सम्पन्न भएको छ। गत १२ फरवरीदेखि शुरु भएको उक्त विश्व शान्ति पूजा आज १९ फरवरीकाे दिन समाप्त भएको छ। उक्त पूजा खरसाङको साक्य कुंगा शेडुप लिङ मोनास्ट्रीमा आयोजना गरिएको जानकारी प्राप्त भएको छ। देवकोटा टोल समाज समितिको आफ्नै निजी समाज नभएकोले गुम्बामा उक्त पूजा आयोजना गरिएको जानकारी प्राप्त भएको छ। उक्त आठ दिनको समयमा नागको पूजा, महाकालयको पूजा, तारा डोल्माको पूजा, ग्याप्सी पूजा लगायत गाउँ ठाउँको शान्ति साथै विश्व शान्तिको लागि पूजा आयोजना गरिएको जानकारी प्राप्त भएको छ। उक्त विश्व शान्ति पूजा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै देवकोटा टोल समाज समितिको सचिव शशिकला प्रधानले आठ दिवसीय विश्व शान्ति पूजामा सहयोग गर्ने देवकोटा टोल समाज समितिको सम्पूर्ण सदस्यहरु साथै पूजामा सहयोग गर्ने जीटीए प्रमुख अनित थापालाई पनि धन्यवाद दिएकी छन्।

उनले देवकोटा टोल समाज समितिको आफ्नै समाज भवन नभएको कारणले गुम्बामा पूजा आयोजना गर्न सहायता गरेकोमा गुम्बाप्रति पनि आभार प्रकट गरेकी छन्। उनले समाजको समाज भवन नभएको कारणले धेरै असुविधा भईरहेको र जीटीए प्रमुख अनित थापाले यहाँ भ्रमण निरीक्षण गरेर समाज घर निर्माण गरिदिने आश्वासन दिएकोले सबैजना खुशी भएको र चाढै नै समाज घर निर्माण हुने आशामा सबैजना रहेको पनि बताएकी छन्। यस विश्व शान्ति पूजा विषयमा गुम्बाको म्हेम्हे खेम्पोलाले विस्तृत रुपमा जानकारी गराएका छन्।







