महाकुम्भ नगर: नेपाल–भारत सम्बन्धमा काम गर्ने स्वैच्छिक संस्था नेपाल भारत मैत्री संगठनले महाकुम्भ मेलामा तीर्थयात्रीका लागि निःशुल्क शिविर र पसलको आयोजना गरेको छ।

महाकुम्भ कार्यक्रमलाई सफल बनाउन संस्थाका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमार, अन्तर्राष्ट्रिय महासचिव सम्वहादुर थापा, अन्तर्राष्ट्रिय महासचिव नामदेव कदम, उपाध्यक्ष निर्मल दुग्गर, कोषाध्यक्ष सत्यवान तिवारीले आ–आफ्नो सहभागिता सुनिश्चित गर्नुका साथै नेपालबाट आउने भक्तजनको नुहाउने, खाना, बस्न र भक्तजनलाई गन्तव्यमा पुरयाउन सहयोग गरेको सो संस्थाका नेपाल स्थित अभियन्तासुनिता साह क्रान्तिले जानकारी दिइन्।









