१६१ ग्राम ब्राउन सुगरसहित लागूऔषध डीलर पक्राउ

IMG-20250219-WA0192

सिलगढी :सिलगढी महानगरीय पुलिसको मतिगढा थानाको अपराध निवारण शाखाले १६१ ग्राम ब्राउन सुगरसहित एक लागूऔषध व्यापारीलाई पक्राउ गरेको छ।
गोप्य स्रोतबाट प्राप्त सूचनाको आधारमा, मतिगढा थानाले बुधबार दिउँसो छापा मारेर मतिगढाको विश्वास कोलोनीबाट आरोपीलाई पक्राउ गरेको हो।पक्राउ पर्ने लागूऔषध कारोबारीकाे नाम अजय शाह हो। उनी विश्वास कोलोनी क्षेत्रका बासिन्दा हुन्। पुलिसले उनलाई विश्वास कोलोनी रेलवे गेट क्षेत्रबाट पक्राउ गरेको हो।पक्राउ परेका व्यक्तिबाट १६१ ग्राम ब्राउन सुगर बरामद भएको छ। मतिगढा पुलिस थानाका आईसीको उपस्थितिमा उनलाई अपराध नियन्त्रण शाखाको पुलिसले पक्राउ गरेको थियो। बुधबार दिउँसो पुलिसले गोप्य स्रोतबाट जानकारी प्राप्त गर्यो।अजय शाहले उनलाई लागूऔषध बेच्ने उद्देश्यले लैजाँदै थिए। त्यही जानकारीको आधारमा मतिगढा थानामा पुलिसले पक्राउ गर्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement