सिलगढी नगरपालिकाको नवनिर्मित भवनको मेयर गौतम देवले उद्घाटन गरे 

IMG-20250219-WA0176

सिलगढी: सिलगढी नगर निगमको अत्याधुनिक सुविधासहितको नवनिर्मित भवनको आज एक कार्यक्रमका बिच औपचारिक उद्घाटन गरिएको छ। सिलगढीका मेयर गौतम देबले बुधबार नयाँ भवनको औपचारिक उद्घाटन गरेका छन्। तल्लामा गुणस्तर नियन्त्रण प्रयोगशाला, पहिलो तल्लामा खानेपानी विभाग, दोस्रो तलामा स्वास्थ्य विभाग, तेस्रो तल्लामा विपद् व्यवस्थापन नियन्त्रण कक्ष र चौथो तल्लामा एस. डब्लु. एम. कर्मचारीहरूको लागि बैठक कोठा छ।

उक्त भवनभित्र दुईपाङ्ग्रे सवारी साधन पार्किङको समेत व्यवस्था गरिएको छ। यो भवन निर्माणमा हालसम्म १ करोड १६ लाख रुपैयाँ खर्च भइसकेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement