खरसाङ: जीटीए शिक्षा विभागले २०२२ देखि हरेक वर्ष १९ फरवरीकाे दिन ‘बुक डे’ पालन गर्दै आएको छ। आज बुक डेको उपलक्ष्यमा जीटीएको सबै प्राथमिक पाठशालाहरुमा “बुक डे “को पालन गरिएको जीटीए शिक्षा विभागका कार्यकारी सभासद राजेश चौहानले जानकारी दिएका छन्। आज राजेस चौहान लगायत शिक्षा विभागका कार्यकारी निर्देशक एम मोदक अनि खरसाङका एआई अफ् स्कूल रेजिना लेप्चाले खरसाङका विभिन्न प्राथमिक पाठशालाको परिभ्रमण गरे।

यस अवसरमा राजेस चौहानले भने, “आज पहाडको सम्पूर्ण सर्कलमा बुक डे पालन गरियो। जब हामी भ्रमण गर्दै खरसाङको अप्पर मकैबारीसमथित प्राथमिक पाठशाला पुग्यौं, हामीले स्कूल बन्द पायौं। जब कि बुक डे पालन गर्ने सूचना सम्पूर्ण पाठशालालाई दिइएको थियो। यस्तो हेलचेक्राइँ विभागले मान्दैन। प्राथमिक शिक्षामा नयाँपन ल्याउन, विद्यार्थीलाई पढ्न प्रोत्साहन गर्न, शिक्षाको गुणस्तर बढाउन जीटीए मुख्य कार्यपाल श्रीमान अनित थापाको सोच रहेको छ।

पहाडको हरेक शिक्षक शिक्षिकाको हाम्रा प्राथमिक शिक्षामा परिवर्तन ल्याउने दायित्व बन्छ। विभागको आदेश पालन नगर्नु विभागले दिएको निर्देश नमान्नु हो। यसमाथि विभागले सम्बन्धित पाठशालाका शिक्षक शिक्षिका माथि कारवाही गर्नेछ।”










