जलपाईगुडी पशु अस्पतालको अवस्था नाजुक

IMG-20250219-WA0172

डाक्टरहरुको अभावले पशुहरूको उपचार गर्न गाह्रो

जलपाईगुडी: जलपाईगुडी पशु अस्पतालको अवस्था निकै नाजुक छ। पूर्वाधार र चिकित्सक नहुँदा पशुपन्छीको उपचार गर्न कठिन भएको छ।
अस्पतालको यसो दयनीय अवस्थाका कारण पशु प्रेमीहरूले समस्या भोगिरहेका छन्।
यहाँ दिनहुँजसो पशुको भीड लाग्ने गर्छ तर आवश्यक पूर्वाधार भने छैन।
पशुचिकित्सकको पनि ठूलो अभाव छ। एक डाक्टरले हरेक दिन ६०-७० पशुको उपचार गर्नुपर्छ, जुन सामान्यभन्दा धेरै बेसी हो।
स्थानीय पशुपालकहरुले जिल्ला अस्पताल पशुपालनका लागि आशाको किरण भएको बताउँछन्। तर एउटै डाक्टरलाई यति धेरै जनावरहरूको उपचार गर्न गाह्रो भएको छ।
आकस्मिक शल्यक्रिया गर्दा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ।
फलस्वरूप, मानिसहरू अक्सर लामो समयसम्म कुर्नु पर्छ।
अस्पतालका अधिकारीहरूका अनुसार शल्यक्रियाका लागि न्यूनतम पूर्वाधारकाे र थप सुधारकाे आवश्यकता छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement