टोटो दुर्घटना हुभदा धेरै यात्रु घाइते

IMG-20250219-WA0134

जलपाईगुडी: जलपाईगुडीको नेताजीपाडा नजिकैको क्षेत्रमा यात्रु बोकेको टोटोले नियन्त्रण गुमाएपछि दुर्घटना हुँदा धेरै जना यात्रुहरु घाइते भएका छन्। टोटोमा सात जना यात्रु लगायत उनीको पोकोपत्यौराहरू थिए। धेर तौलका कारण टोटोको एक्सल भाँचिदा टोटो चालकले टोटोमाथि नियन्त्रण गुमाए। टोटो सडकको पर्खालमा ठोक्किन पुगे। असमबाट जलपाईगुडी रोड स्टेशनमा आउँदै गरेको रेलबाट ओर्लेपछि, यात्रुहरू यो टोटोमा चढेर जलपाईगुडीबाट बोलमारीको लागि प्रस्थान गरेका थिए।

दुर्घटनापछि स्थानीय बासिन्दा घटनास्थलमा पुगेर उद्धार कार्य शुरु गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement