जसपाल राणा नै प्रशिक्षक रहने मनु भाकरको पुष्टि

IMG-20250219-WA0131

नयाँ दिल्ली: पेरिस ओलम्पिकमा २ वटा पदक जित्ने भारतीय शूटर मनु भाकर र उनका प्रशिक्षक जसपाल राणाले एकसाथ काम गर्न जारी राख्नेछन्। राणालाई भारतीय राष्ट्रिय राइफल संघ (एनआरएआई)-ले हालै पिस्टल शूटिंगको हाई परफर्मेन्स ट्रेनर नियुक्त गरेको छ तर मनुले राणा भविष्यमा पनि उनकी प्रशिक्षक रहने पुष्टि गरेकी छन्। एशियन गेम्समा चारपल्टका स्वर्ण पदक विजेता राणा र मनुबीच टोक्यो ओलम्पिक अघि मतभेद भएको थियो तर गत वर्ष पेरिस ओलम्पिक अघि यी दुईले फेरि एकसाथ काम गर्न शुरु गरेका थिए। मनुले राणाको मार्गदर्शनमा पेरिस ओलम्पिकमा २ वटा काँस्य पदक जितेका इतिहास रचेकी थिइन्। उनले १० मीटर एयर पिस्टल व्यक्तिगत र मिश्रित टीम वर्गमा काँस्य पदक जितेकी थिइन्। साल २०२४-को निम्ति सर्वश्रेष्ठ महिला खेलाड़ीको पुरस्कार जितेपछि मनुले भनिन्, राणा मेरो प्रशिक्षक हुन् अनि आफ्नो काममा दक्ष छन्। म यतिमात्र भन्न सक्छु। उनी मेरो निम्ति असल प्रशिक्षक रहेका छन्। यस खेलमा उनको अनुभवले मलाई धेरै फाइदा भएको छ। अहिले उनी अन्य कसैको पनि प्रशिक्षक हुन सक्छन् तर मेरो निम्ति उनी मेरो प्रशिक्षक हुन्। हामी अप्रेलमा वर्ल्ड कपमा हिस्सा लिनेछौं अनि त्यसपछि जूनमा घरेलु स्पर्धाहरू छ। त्यसपछि म्यूूनिखमा वर्ल्ड कप र अक्टोबर-नोभेम्बरमा वर्ल्ड च्याम्पियनशीप छ। मेरो लक्ष्य वर्ल्ड च्याम्पियनशीप हो। प्रशिक्षण राणाको मार्गदर्शनमा म लगातार असल प्रदर्शन गर्न चाहन्छु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement