तेस्रो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टः सोरेंग फूटबल क्लब च्याम्पियन

IMG-20250219-WA0036

खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित तेस्रो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टमा सोरेंग फूटबल क्लब फेरि च्याम्पियन भयो। जीटीए युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा आयोजित यस प्रतिष्ठित महिला फूटबल टुर्नामेण्टअन्तर्गत चानमारी खेल मैदानमा मंगलवार खेलिएको फाइनल म्याचमा सोरेंग फूटबल क्लबले कनकाई स्पोर्टिंग क्लब (नेपाल)-विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो।

विजेता टीमको तर्फबाट यांगरीप लेप्चा, सिमरन गुरुङ र मुस्कान सुब्बाले गोल गरिन्। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।


संक्षिप्तमाः
च्याम्पियनः सोरेंग फूटबल क्लब
रनरअपः कनकाई स्पोर्टिंग क्लब
प्लेयर अव् द म्याचः सिमरन गुरुङ (सोरेंग फूटबल क्लब)
बेस्ट गोलकीपरः शीमा गुरुङ (सोरेंग फूटबल क्लब)
हाईएस्ट गोल स्कोररः पूर्णिमा राई (कनकाई स्पोर्टिंग क्लब)
प्लेयर अव् द टुर्नामेण्टः नेहा चौधरी (कनकाई स्पोर्टिंग क्लब)
एमर्जिंग प्लेयर अव् द टुर्नामेण्टः प्रतिका राई (जीटीए इलेवेन)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement