गान्तोक: सामसन तामाङले खस समुदायलाई लक्षित गर्दै भड्काउने टिप्पणीहरू दिएकोमा सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमले गहिरो चिन्ता व्यक्त गरेको छ।
एसै क्रममा क्याप सिक्किमको एक प्रतिनिधि टोलीले आज सिक्किम पुलिसका महानिदेशकको अनपस्थितिमा पुलिस महानिरीक्षक (सीबी-सीआईडी) मनोज तिवारीसॅंग भेट गरेर सामसन तामाङको पक्राउको मुद्दा उठाएको छ।
सामसन विरुद्ध चलिरहेको जॉंचको प्रगतिबारे पुलिस अधिकारीबाट प्रतिनिधि टोलीले जानकारी पनि लिएकाे छ।
क्यापले सामसनको तत्काल पक्राउको आवश्यकतामाथि जोड दिॅंदै, पक्राउमा ढिलाईका कारण विशेष रूपमा खस समुदायमा आक्रोश बढेको दाबी गरेको छ र साथै पुलिस अधिकारीलाई ज्ञापन बुझाएको छ।
क्याप सिक्किमले आज आफ्नो बयानमा राज्यका सबै समुदायको अधिकार र मर्यादाको रक्षा गर्ने आफ्नो प्रतिबद्धतामा पार्टी दृढ रहेको बताए। क्यापले थप तनाउ बढ्न नदिन र न्याय प्रणालीमा जनताको विश्वास कायम राख्न कानून प्रवर्तन एजेन्सीहरूलाई सामसन तामाङलाई पक्राउ गर्ने प्रयासलाई तीव्र बनाउन आग्रह गरेको छ।










