गान्तोक: पाकिम जिल्लाअन्तर्गत माछोङ वरिष्ठ माध्यमिक विद्यालयमा सुलभ सेनिटेसन क्लब र शिक्षा विभागको संयुक्त पहलमा कन्या विद्यार्थीहरूको चेञ्जिङ रूमको उदघाटन गरियो। पाकिम जिल्लाको खण्ड प्रशासनिक केन्द्रका उपनिर्देशक जीआर काफ्लेले उदघाटन गरेका हुन्। यस अवसरमा सूचना एवम जनसम्पर्क विभागकी डीआइओ डिकी डी. भोटिया लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। अल्केम फाउन्डेसनद्वारा प्रायोजित यस पहलले सिक्किमका विभिन्न विद्यालयहरूमा कन्या विदयार्थीहरूको शिक्षा र सशक्तिकरणको लागि परियोजनाअन्तर्गत स्वच्छता तथा सरसफाइलाई सहयोग गर्ने लक्ष्य राखेको छ। परियोजना आगज प्लसले संस्थाहरू स्थापना गर्न, समग्र क्षेत्र संलग्नता सुधार गर्न र राम्रोसँग हात धुने साथै शुद्ध पिउने पानी, सरसफाइ र स्वच्छतालाई ध्यानमा राख्दै यस प्रकारको पहल शुरू गरेको हो। सुलभ सेनिटेसन क्लबले स्वच्छता शिक्षाद्वारा प्रदान गरिएको सशक्तिकरण मार्फत विद्यालयहरू भित्र सकारात्मक सामाजिक रूपान्तरणलाई बढावा दिन समर्पित युवा व्यक्तिहरूको बाल-केन्द्रित र किशोरी-नेतृत्वको विश्वव्यापी अभियानको प्रतिनिधित्व गर्नेछ। सुलभ सेनिटेसन क्लब क्याबिनेट मार्फत राज्यका चार जिल्लाका ११ विद्यालयका ७ सय विद्यार्थीहरूले आफ्ना शैक्षिक संस्थाहरू भित्र मात्र नभई आफ्ना घर र समुदायहरूमा पनि उत्कृष्ट सरसफाइ र स्वच्छता प्रवर्द्धन गर्न भूमिका खेल्न सक्ने सम्भावना व्यक्त गरिएको छ। कन्याहरूको लागि चेन्जिङ रुम यो पहल महिला विद्यार्थीहरू र महिला शिक्षकहरूको विशेष आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको हो।










